धौलागिरी लघुवित्त वित्तिय संस्था लि. को केन्द्र प्रमुख, उपप्रमुख, समुह गोष्ठी तथा वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम धुर्कोट गाउँपालिका को सभाहल बर्बोटमा आज आइतवार सम्पन्न भएको छ । गरीबी हटाउ समुन्नत समाजको लागि वित्तीय शक्तिकरणमा सहभागी वनौँ भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम केन्द्र न ४१ की सदस्य तारा गिरीको अध्यक्षता, मा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल को प्रमुख आतिथ्यता, उपाध्यक्ष सिता गिरी, सनराइज वैँक धुर्कोट शाखा का प्रमुख धुर्ब पोखरेल, मेरो माइक्रो फाइन्यास लघुवित्त वित्तीय संस्थाका धुर्कोट शाखा प्रमुख सुरेन्द्र कट्टेल, मैत्री बहु उदेश्य सहकारी संस्था लि शाखा प्रमुख लक्ष्मी मल्ल, धौलागिरी लघुवित्त वित्तीय संस्थाका सूचना प्रविधि विभाग प्रमुख अशोक थापा , अनुगमन अधिकृत असाेक सापकोटा धुर्कोट बस्तु का प्रहरी चौकी प्रमुख लोकमान ताम्राकार, जैसिथोक प्रहरी चौकी बर्बोटका प्रमुख लाल बहादुर नेपाली , सामुदायीक रेडियो धुर्कोटका व्यवस्थापक बासुदेव पोखरेल विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बाेल्दै धुर्कोट गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी भुपाल पोखरेल ले लघुवित्तको समस्या जटिल बन्दै जान थालेपछि गाँउपालिकाले आत्महत्या होइन उद्यमशीलता, घरमा ताला चाबी होइन खेताबारी हरियाली’ नारा तय गरेर गाउँपालिकाले सहजीकरणको सुरुवात गरेको बताउनु भयाे । ऋण लिएका विपन्न परिवारले उत्पादन गरेको वस्तुको बजारीकरणमा, उद्यमी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने र ऋण लिए पछि तिर्नुपर्ने तपाई हाम्रो दायित्व रहेकाले वित्तीय अनुशासन काे पालन गरि हल्ला खल्ला काे पछि नलाई ऋण तिर्न आग्रह गर्नु भयाे शाखामा भएको कुल ५१ वटा समुह मध्येबाट ४ वटा केन्द्र समुहलाई प्रथम, दोस्रो, तेस्रो र सान्त्वना बनाइ पुरस्कृत गरीएको थियो ।
त्यस्तै संस्थामा उत्कृष्ट ऋणी कारोवार गर्ने सदस्य मिना कार्की र बिन्दु बस्नेत तथा उत्कृष्ट वचत कारोवार गर्ने वचतकर्ता कृष्ण प्रसाद पाण्डे र केन्द्रलाई उत्कृष्ट केन्द्र व्यवस्थापन गर्दै कुशल नेतृत्व बहन गर्ने केन्द्र प्रमुख कबिता जि सि तथा उपप्रमुख आशा खडका सम्मान गरीएको थियो । संस्थाको बर्तमान अवस्था र यस कार्यक्रम माथि प्रकाश शाखा प्रमुख चिरन्जिवी पौडेलले पार्नुभएको थियो ।
कार्यक्रममा वित्तीय संस्थाले हाल वजारमा देखीएको समस्या समाधानका लागी सामुहिक रुपमा प्रयास गरीरहेको केन्द्रिय कार्यालय का सुचना प्रबिधि विभाग का विभागिय प्रमुख अशोक थापाले बताउनुभयो । कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष तारा गिरीले संस्थाले समुदायमा बिना धितो सदस्यहरुलाई संस्थाले लगानी गरी गरीबी निबारणमा टेवा पुगेको बताउनु भएको थियो ।
धुर्कोट शाखाका कर्मचारी जुना वुढा मगरको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रमको सञ्चानलन धौलागिरी लघुवित्त वित्तीय संस्था लि सुचना प्रविधी विभाग प्रमुख असाेक थापाले गर्नु भएको थियो । साथै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथीहरुलाई मायाको चिनो प्रदान गरीएको थियो ।