यो कर्जा लक्षित व्यक्ति वा समुह सदस्य मान्यता पाइसकेपछि आय आर्जन गर्ने कार्यमा सदुपयोग गर्ने गरी विना धितोमा प्रदान गरिन्छ । यस साधारण कर्जाको भाखा एक बर्ष देखी दुई बर्ष सम्म राख्न सकिने छ ।साधारण कर्जाको सिमा रु ७०,०००।– देखि रु १,५०,०००।– सम्म सदस्यमा आवद्धता भएको बर्षको अवधिको आधारमा लगानी हुनेछ,  केन्द्र बैठकमा ८०% सदस्यको उपस्थिती कायम राखेको । अन्य लघुवित्त वित्तीय संस्थाबाट कर्जा नलिएका सदस्यहरुलाई सुरुमा नै रु १ लाख कर्जा प्रदान गर्न सकिनेछ । कर्जा भुक्तानी मासिक किस्ता वन्दीमा गर्नुपर्नेछ ।

मिति २०७८ साउन १ देखि लागु हुने गरि खारिज गरिएकाे

यस संस्थाले आफ्ना सदस्यहरुलाई कर्जा वचत, सुरक्षण सेवा लगायत अन्य सामाजिक विकास तर्फ पनि आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ । समयको मागसँगै ग्रामिण क्षेत्र लगायत सहरी तथा बजारी क्षेत्रमा व्यवसाय गर्दै आई रहेका व्यक्तिहरुलाई यो कर्जा प्रवाह गरिनेछ । हाल देशमा विद्यमान रहेको वेरोजगारीलाई केही हदसम्म भए पनि टेवा पु¥याउने अभिप्रायले यो कर्जाको व्यवस्था गरिएको छ । पहिले देखि सानोतिनो व्यवसाय गर्दै आईरहेका व्यक्तिहरुको व्यवशाय थप पूँजीको अभावमा धरासायी वा घाटा हुनबाट जोगाउन र उक्त व्यवशायबाट अझ बढि आर्थिक लाभ दिलाउने उद्धेश्यले सहज रुपबाट यो कर्जा प्रवाह गरिनेछ । वित्तीय संस्थाले  व्यवसायिक सदस्यहरुलाई आवद्ध वनाई ५ जनाको व्यवसायिक समूह गठन गरेर महिला उद्यमीको ब्यवसायलाई आवश्यक पर्ने कर्जाको मागलाई संबोधन गर्न यो कर्जाको ब्यवस्था गरिएको हो ।यस कर्जाको सिमा रु. २००,००० देखि अधिकत्तम रु. ५००,००० सम्म कर्जा चलाएको पटकको आधारमा अधिकत्तम २ बर्ष सम्मको मासिक किस्ता भाखा अवधि रहने गरी हुनेछ ।  

साधारण कर्जाको दुई चक्र पुरा गरिसकेपछि अनुशासन कर्जा माग गर्न सकिन्छ । यस कर्जाको आकार न्युनतम ५०,००० देखी अधिकतम नेपालराष्ट्र बैंकको सीमा नबढ्नेगरी कर्जा लगानी गर्न सकिनेछ । यो कर्जा माग गर्दा कम्तीमा ८० प्रतिशत सदस्यहरु उपस्थित हुनुपर्नेछ । साथै सदस्यहरुले आफ्नो किस्ता अरु सँग सापटी नगरी तिरेको हुनुपर्दछ । यो कर्जा अनुशासित सदस्यले मात्र कर्जा पाउन सक्दछन् । यस कर्जाको भाखा अवधि बढिमा २ बर्षको हुनेछ र कर्जा भुक्तानी मासिक किस्ता वन्दीमा गर्नुपर्नेछ ।

यो कर्जा वित्तीय संस्थाको एक बर्ष पुराना तथा अनुशासित सदस्यलाई कुनै अपरझट पर्दा तत्कालका लागि प्रदान गरिनेछ । यसो गर्दा सदस्यले साह्रो गाह्रो पर्दा संस्थालाई आफ्नो सम्झने छन् । त्यस्ता सदस्यले आफ्ना एकाघर परिवारमा कुनै सदस्य विरामी पर्दा, मृत्यु एवं सुत्केरी हुँदा, दैविक प्रकोप पर्दाको अवस्थामा एक बर्ष पुरा गरेका सदस्यहरुलाई रु ५०००।– तत्कालै कर्जा स्वरुप उपलव्ध हुनेछ भने दुई बर्ष पुरा गरेका तथा संस्थाको अनुशासन पालन गरेका सदस्यलाई रु १००००।– सम्म कर्जा प्रदान गरिनेछ । आकस्मीक स्वास्थ उपचार , मृत्यु सस्कार , आकस्मिक दुर्घटना , वा अन्य कुनै आकस्मिकतामा मात्र यस प्रकारको कर्जा उपलव्ध गराईने छ । आकस्मिक घटना वा दुर्घटना घटेको एक हप्ता देखि १५ दिन भित्र घटनालाई पुष्टि गर्ने कागज पत्र शाखा कार्यालयमा बुझाउनुपर्ने छ ।यस कर्जामा मासिक किस्ता वन्दीमा भुक्तानी गर्ने गरी बढिमा ६ महिनाको भाखा अवधि रहनेछ ।

यो कर्जा वित्तीय संस्थाको लघुवित्त कार्यक्रममा सदस्यता लिएका ग्राहक सदस्यहरुलाई प्रदान गरिनेछ । यस्तो कर्जा लघु व्यवसाय बढाउन वा व्यवसाय संचालन गरी आय अर्जन गर्नका लागि प्रदान गरिनेछ । यस्तो कर्जा अचल सम्पति सुरक्षण (जग्गा वा घरजग्ग्गा) लिइ पहिलो पटकमा नै रु ५ लाखसम्म प्रदान गर्न सकिनेछ । धितो सुरक्षण लिंदा एकाघर परिवारको वा ग्राहक सदस्यको आफ्नो नाउको धितो सुरक्षण लिई यस्तो कर्जा प्रदान गर्न सकिनेछ । असल बर्गमा परेका सदस्यलाई अधिकतम रु ७ लाखसम्म कर्जा उपलव्ध गराइने वा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन वमोजिम हुनेछ । समुहमा आबद्ध नभएको तर स्थानीय स्तरमा ब्यवसाय संचालन गरेको ब्यक्तिलाई पनि पर्याप्त मात्रमा धितो लिई अधिकतम रु ३००,०००। सम्म वा नेपाल राष्ट्र बैंकको नीति बमोजिम ब्यक्तिगत धितो कर्जा प्रदान गर्न सकिनेछ । भाखा अवधि न्युनतम १ वर्षदेखी अधिकतम ७ बर्ष सम्म राख्न सकिनेछ र किस्ता भुक्तानी प्रक्रिया मासिक समान किस्ता ब्याज भुक्तानी प्रणाली निधारण गरीनेछ । 

याे कर्जा असल सदस्यहरुलाई दैविक विपत्ति, आगालागी, बाढिपहिरो, भुकम्प जस्ता विभिन्न प्राकृतिक महामारीको कारणले परियोजना असफल भएका र असफल हुनसक्ने स्थितीलाई मध्यनजर गर्दै ग्राहक सदस्यहरुको परियोजना सफल बनाउनको लागि यो कर्जा प्रवाह गरिने छ । यस कर्जाको माध्यमबाट सदस्यको परियोजना पुर्नउत्थान भई संस्थाको उद्देश्य पुरा गर्दै सफल व्यवसायीको पहिचान हुनेछ । यो कर्जाको हकमा प्रति सदस्य सदस्यलाई विनाधितो सदस्यको परियोजनाको मुल्यांकन गरी अधिकतम रु. १,००,०००।– सम्म २४ महिनाको मासिक किस्ता बन्दीमा असुली गर्ने गरी लगानी गर्न सकिनेछ ।

याे कर्जा विभिन्न लघु तथा मझाैला साना कृषि परियाेजना व्यापार व्यवसाय ठेला हाटबजार लगायतका पसल स्थापना गर्न र विस्तार गर्नका लागि चाहिने अल्पकालिन पुँजीकाे आवश्यकता परा गर्न प्रदान गरिन्छ । समुहमा आबद्ध भएका महिला तथा पुरुष दुबैले याे कर्जा उपभाेग गर्न सक्नेछन । कम्तिमा २ जनाकाे समुहमा रहेका सदस्यहरुले याे कर्जा लिन पाउनेछन । अधिकटम ऋण सिमा तिन लाख रुपिया र १ वर्षभित्र चुत्ता गरिसक्नुपर्नेछ । यदि निश्चित समयभित्र साँवा नभुझाएमा बाकी कर्जाकाे २ प्रतिशत जरिवाना लाग्नेछ । 

समुहमा आवद्ध भएका सदस्यका छाेराछाेरी वैदेशिक राेजगारमा जानकाे लागी वा स्वदेशमा राेजगारी सिर्जना गर्ने हेतुले समुहमा आवद्ध भएकाे एकाघर संघाेलका परिवारका लागी याे कर्जाकाे व्यवस्था गरिने छ ।

अधिकटम कर्जा सिमा  ५ लाख सम्म,  भाखा अवधी १२ देखी ४८ महिना सम्म, व्याजदर १५ प्रतिशत, सेवा शुल्क १।५ प्रतिशत