
धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड बागलुङकाे प्रमुख कार्यकारी अधिकृतकाे रुपमा हेमराज जाेशीलाई नियुक्त हुनुभएकाे छ । मिति २०८३ बैसाख १४ गते बसेकाे सञ्चालक समितिकाे ४८ अैाँ बैठकले मिति २०८३ बैसाख १४ गते देखि नै लागु हुने गरि ४ वर्षकाे लागी नियुक्त गरेकाे हाे । नवनियक्त प्रमुख कार्यकारी अधिकृत हेमराज जाेशीले मिति २०८३ बैसाख १४ गते नै संस्थाकाे अध्यक्ष सिर्जना थापाबाट पद तथा गाेपनियता सपथ लिई पदभार ग्रहण गर्नुभयाे । सपथ तथा पदभार ग्रहण कार्यक्रमकाे सञ्चालन कम्पनि सचिव मिन प्रसाद जाेशीले गर्नुभएकाे थियाे ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत हेमराज जाेशीलाई सञ्चालकहरु वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्मा, जीवन आचार्य, चेतनारायण सापकाेटा तथा केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरुले खादा र अविर लगाएर स्वागत तथा सफल कार्यकालकाे शुभकामना प्रदान गर्नुभएकाे थियाे । नव नियुक्त प्रमुख कार्यकारी अधिकृतकाे लघुवित्त क्षेत्रमा करिव २२ वर्षकाे कार्यअनुभव रहेकाे छ ।
