धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस वित्तीय संस्थाको अध्यक्ष श्री सिर्जना थापाको अध्यक्षतामा बागलुङ जिल्लाको बागलुङ न.पा. ०४, उपल्लाचौरमा अवस्थित धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभााहलमा विहिवार कुल शेयर धनि मध्ये ५१।२० प्रतिशत सेयरधनी उपस्थितिमा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो । २०८१ फागुन १० गते करिब १२:०८ बजेबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका कम्पनी सचिव मिन प्रसाद जोशीले गर्नुभएको थियो ।

प्रमुख अतिथि वरिष्ठ अधिबक्ता हरि प्रसाद शर्माले पानसमा बत्ती बालेर वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्नु भएको थियो भने यस संस्थाका अध्यक्ष सिर्जना थापाले प्रस्तुत आ.व. २०८०/२०८१ को वार्षिक प्रतिबेदन वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित भएको छ । त्यस्तैगरि विशेष प्रस्ताव अन्तर्गत मर्जर तथा प्राप्ति कार्य गर्नको लागी संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

कार्यक्रममा यस वित्तीय संस्थाका संचालक समितिका सदस्य सालिकराम शर्माले उपस्थित सम्पुर्ण शेयरधनीज्यूहरुलाई स्वागत मन्तव्य राख्दै स्वागत गर्नु भएको थियो । त्यसैगरि कार्यक्रममा संस्थाका पूर्व संचालक तथा संस्थापक शेयरधनि श्री रणदेवकृष्ण श्रेष्ठ र पूर्व संचालक तथा संस्थापक श्री सुदर्शन शिलवालले संस्था, सेयर, कर्मचारी तथा सदस्यहरुको सुरक्षा प्रति चासो तथा चिन्ता सहित साधारण सभा तथा निर्वाचित हुन लागेको संचालक समितीलाई उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको थियो । त्यसै गरि मन्तव्यका क्रममा तथा फ्लोरबाट उठेका सुझावको उचित कदर गर्ने वाचा सहित गुनासा, जिज्ञासा तथा चासोँहरुका बारेमा हालको अवस्था संस्थाको भावी रणनिती तथ देश विदेशको हालको अवस्थाका बारेमा सभाध्यक्ष सिर्जना थापा, संचालक सुमन प्रसाद श्रेष्ठ, जिवन आचार्य, सालिकराम शर्मा, चेतनाराण सापकोटा, गणेश पौडेल, रेशमलाल आचार्य तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले प्रस्ट पार्नुभएको थियो ।
संस्थाका अध्यक्ष सिर्जना थापाले पुर्व सञ्चालकहरुलाई प्रमाणपत्र तथा खादाँले सम्मान गर्नुभएको थियो । वर्तमान अवस्थामा देखिएको समस्याको समाधानका निमित्त सम्पुर्ण सरोकारवाला निकाय, सेयरधनी, व्यवस्थापन तथा कर्मचारीहरुलाई आ–आफ्नो स्थानमा जिम्मेवार बन्न अनुरोध गर्दै छैठौँ वार्षिक साधारणसभा सभ्य तथा भव्यताका साथ सफल भएकोमा सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।