You are currently viewing विशेष साधारण सभा सम्पन्न

विशेष साधारण सभा सम्पन्न

धाैलागिरी लघुवित्त वित्तीय स‌स्था लिमिटेडकाे विशेष साधारण सभा धाैलागिरी सामुदायिक श्राेत विकास केन्द्रकाे सभाहलमा २०७९ चैत्र ६ गते सम्पन्न भएकाे छ ।

जम्मा शेयर धनिकाे ५५।८० उपस्थिती रहेकाे यस विशेष साधारण सभाले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड सँगकाे मर्जर प्रक्रिया, स्वाप रेसियाे अनुपात, DDA खर्च अनुमाेदन, प्रबन्धपत्र तथा नियमावली संशाेधन तथा मर्जरलाई अन्तिम रुप दिनकाे लागी आवश्यक कार्य प्रक्रिया अगाडी बढाउनकाे लागी याे विशेष साधारण सभाले सञ्चालक समितीलाई अख्तियारी प्रदान गरेकाे छ ।

१० कराेड ३१ लाख चुक्ता पूजिँ भएकाे राष्टिय स्तरकाे घ वर्गकाे लघुवित्त वित्तीय संस्था लिमिटेेडमा ७ कराेड रुपियाँ संस्थापक शेयर र ३ कराेड ३१ लाख रुपियाँ सर्वसाधारण शेयर रहेकाे छ ।