You are currently viewing केन्द्र व्यवस्थापन तथा आधारभुत लघुवित्त तालिम सम्पन्न

केन्द्र व्यवस्थापन तथा आधारभुत लघुवित्त तालिम सम्पन्न

धाैलागिरी लघुवित्त वित्तीय सस्था लिमिटेडले शाखा कार्यलयमा कार्यरत फिल्ड कर्मचारीहरुकाे क्षमता तथा दक्षता अभिवृद्धी गर्नकाे लागि केन्द्र व्यवस्थापन तथा आधारभुत लघुवित्त तालिम सम्पन्न गरेकाे छ । मिति २०७७ फागुन २१ गते देखि  भइ चैत्र २ गते सम्म सञ्चालन  भएकाे साे तालिम यस सस्थाकाे भाैगाेलिक कार्यक्षेत्र अनुसार चार वटा भागमा विभाजन गरि तालिम सम्पन्न गरिएकाे थियाे । यस वित्तीय सस्थाकाे शाखा कार्यलयकाहरु चिम्ताहा, बेनाैली, कटहरिया, महुवन, मधुवन, भिमफेदी, कल्हुवा, र पदमपुर शाखाका कर्मचारीहरुलाइ हाेटल सिमरा बारामा पकडी, मञ्जरिया, मझैली, दुर्गापुर, काेपवा, हशपुर, सन्धीखर्क, र ठाडा शाखाका कर्मचारीहरुलाइ हाेटल श्रीपेच कपिलबस्तु साथै धुरकाेट, तम्घास, पुर्तिघाट, खैरेनी, शान्तीपुर, बरेङ, हटिया, वामी, बुर्तिवाङ शाखाहरुलाइ न्यू एभर ग्रिन हाेटल रेसुङगा तम्घास र बागलुङ, पर्वत, म्याग्दी दरवाङ, डिमुवा, नाैडाडा, फलेवास, हुवास, लामाचाैर, पाेखरा, लेखनाथ शाखाका कर्मचारीहरुलाइ हाेटल पिस प्यालेस बागलङमा उत्त तालिम सम्पन्न गरिएकाे थियाे । निमित्त कार्यकारी प्रमुख यज्ञबहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे उत्त कार्यत्रम लाेकेन्द्र पाैडेले सञ्चालन गर्नुभएकाे थियाे । यस धाैलागिरी लघुवित्त वित्तीय सस्थाका अध्यक्ष इश्वरलाल राजभण्डारी तथा सञ्चालक सदस्य सिर्जना थापाकाे प्रमुख आथित्यतामा सम्पन्न भएकाे साे तालिममा यस वित्तीय सस्थाका  निमित्त प्रमुख कार्यकारी अधिकृत यज्ञ बहादुर थापा मानव ससाधन विभागका लाेकेन्द्र पाैडेल लेखा विभागका रामचन्द्र बास्ताेला आन्तरिक लेखा परिक्षक निर्मल गाैतम सुचना प्रविधि विभागका असाेक थापा सुचना प्रविधि सहायक दुर्गा बहादुर थापा अनुगमन अधिकृत दिलकुमारी श्रीष पवन श्रीवास्तव र महेश अधिकारीले सहजिकरण गर्नुभएकाे थियाे ।