You are currently viewing केन्द्र प्रमुख गाेष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

केन्द्र प्रमुख गाेष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

धवलागिरी लघुवित्त संस्था बरेङ बागलुङको वार्षिक केन्द्र प्रमुख गाेष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बरेङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरसेङ पुनले वित्तिय संस्था आलोचित भैरहेको बेला इमान्दार पूर्वक यस क्षेत्रमा महिलाहरुलाई संस्थागत गरि बचतको बानी बसालेकोमा संस्थाको भरोसा रहेको बताएका छन् । कार्यक्रममा बोल्दै आउने दिनहरुमा विश्वास पूर्वक आलोचित नभई काम गर्न पनि संस्थालाई सचेत बनाएका छन् ।

वडा नं. २ वडा अध्यक्ष हिरा बहादुर घर्तीले धवलागिरी लघुवित्त संस्थाले आयोजना गरेको वार्षिकी केन्द्र प्रमुखहरुको वित्तिय साक्षरता कार्यक्रम संगै गाउँघरमा छरिएर रहेका महिलाहरुलाई संगठित गरि मासिक थोरै पुँजि संकलन गर्दै बचतको बानि बसाल्न संस्थाले यस ठाउँमा विगत ६ वर्ष देखि बरेङ गाउँपालिकाको बरेङ महिलाहरुलाई सिकाउदै र बचत गर्ने बानीको विकास गराउदै आएकोमा संस्थालाई धन्यवाद पनि दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य तथा ईपरी न्यूज बरेङका सम्पादक प्रकाश छन्त्याल, ईलाका प्रहरी कार्यालय बरेङका प्रतिनिधी हवल्दार सन्तोष गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा खैरेनी ब्लक स्टेशन अनुगमनका कनिष्ट अधिकृत अशोक सापकोटा, सर्वोदय माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुक बहादुर पुन, रेडियो बिहानीका विज्ञापन प्रमुख दिपेन्द्र परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम बरेङ गाउँपालिका केन्द्र नं. ७४ का केन्द्र प्रमुख मिना कुमारी थापाको अध्यक्षता, धवलागिरी लघुवित्त बरेङ शाखाका कर्मचारी दिपा थापाको स्वागत र आईटी विभाग बागलुङका अशोक थापाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बरेङ गाउँपालिका भरिका ५६ वटा केन्द्रका १ सय १३ जना महिलाको सहभागिता रहेको थियो ।