धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको साताैँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस वित्तीय संस्थाको अध्यक्ष श्री सिर्जना थापाको अध्यक्षतामा बागलुङ जिल्लाको बागलुङ न.पा. ०४, उपल्लाचौरमा अवस्थित धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभााहलमा विहिवार कुल शेयर धनि मध्ये ५५।४७ प्रतिशत सेयरधनी उपस्थितिमा उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो । २०८३ बैसाख २२ गते करिब १२:१५ बजेबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका कम्पनी सचिव मिन प्रसाद जोशीले गर्नुभएको थियो ।

प्रमुख अतिथि कृष्णराज शर्माले पानसमा बत्ती बालेर वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्नु भएको थियो भने यस संस्थाका अध्यक्ष सिर्जना थापाले प्रस्तुत आ.व. २०८०/२०८१ को वार्षिक प्रतिबेदन वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित भएको छ । त्यस्तैगरि विशेष प्रस्ताव अन्तर्गत मर्जर तथा प्राप्ति कार्य गर्नको लागी संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
