धौलागिरी लघुवित्त वित्तीय संस्था लि.को अनुगमन ब्लक स्टेशन चिम्टाहा बाराको तेस्रो त्रैमासिक गोष्ठि तथा वर्षान्त लक्ष्य कार्यक्रम सम्पन्न ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लि.को तेस्रो त्रैमासिक प्रगती समिक्षा गोष्ठी तथा वर्षान्त लक्ष्य कार्यक्रम सम्पन्न भएको छ । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मीन बहादुर बोहराको अध्यक्षतामा नवलपरासी जिल्लाको कावासेती न.पा.१०, मा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा जेष्ठ ८ र ९ गते गते सम्पन्न भएको हो । सो कार्यक्रममा संस्थाको प्रदेश न.०२ मा रहेको चिम्टाहा अनुगमन ब्लक स्टेशन कार्यालय अन्तर्गत ९ वटा शाखा कार्यालयमा कार्यारत कर्मचारीहरु, अनुगमन अधिकृत, विभागिय प्रमुखहरु लगायत ३१ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो । मिति २०८० जेठ ०८ गते बिहान ०८ बजे सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका मानव संशाधन विभाग प्रमुख लोकेन्द्र पौडेलले गरेका थिए ।

तेस्रो त्रैमासिक समिक्षा गोष्ठिको औपचारिक उद्घाटन गर्दै संस्थाका संचालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले समिक्षा गोष्ठि सम्पन्नताको शुभकामना दिँदै बर्तमान अवस्थामा वित्तीय संस्थामा देखिएका समस्या बारेमा बोल्दै त्यस्ता चुनौतीहरुलाई समाधान गर्न सवै तहबाट लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।
सो कार्यक्रममा अनुगमन ब्लक स्टेशन कार्यालयका अनुगमन प्रमुख प्रकाश बहादुर बोगटीले शाखा कार्यालयको तेस्रो त्रैमासिक गोष्ठि समिक्षाको प्रस्तुतिकरणमा सहजिकरण गर्नुका साथ आगामी असार मसान्त सम्ममा खराब कर्जा असुली रणनीति तथा कार्यक्रमको बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा यस संस्थाका संचालक समितिका सदस्यहरु श्री सिर्जना थापा र बरिष्ठ अधिवत्ता हरि प्रसाद शर्मा तथा सुचना प्रविधी विभाग प्रमुख असाेक थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकाे उद्देश्य तथा महत्व माथी प्रकाश वित्त तथा याेजना विभाग प्रमुख दुर्गा बहादुर थापाले पार्नुभयाे । संस्थाका प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहराले शाखा प्रमुखहरुलाई आगामी असार मसान्तमा समिक्षा गोष्ठिमा शाखा प्रमुखहरुले लिएका लक्ष्यहरु प्राप्तीका लागि कार्यरत कर्मचारीहरुले आ–आफ्नो तर्फबाट एकदमै जोड दिनुपर्ने र लक्ष्य प्राप्तीका लागि शुभकामना समेत व्यत्त गरेका थिए ।