धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।०८१ मा कम्पनीको नाफा १ करोड ४४ लाख ३६ हजार रुपैयाँ ऋणात्मक रहेकोकाे यस वित्तीय सस्थाले यस आर्थिक वर्षमा भने १ करोड ५२ लाख रुपैयाँ घनात्मक रहेको छ । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १००.२१ प्रतिशतले बढेर १४ करोड ९० लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७ करोड ४४ लाख ६३ हजार रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्ष १ करोड ४६ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा ऋणात्मक रहेको कम्पनीको गत आर्थिक वर्षमा भने १ करोड ५५ लाख ७५ हजार रुपैयाँ घनात्मक रहेको छ। कम्पनीको खराब कर्जामा समेत सुधार देखिएको छ। कम्पनीको खराब कर्जा ८.१० प्रतिशतबाट घटेर ७.३७ प्रतिशतमा झरेको छ । समिक्षा अवधिमा कम्पनीको वितरण योग्यनाफा ८ लाख ५५ हजार रुपैयाँ, चुक्तापूँजी १३ करोड ३१ लाख रुपैयाँ र जगेडा कोष ९ करोड १७ लाख ४७ हजार रुपैयाँ सञ्चिति रहेको छ । अघिल्लो आर्थिक वर्षमा ९.३९ रुपैयाँ ऋणात्मक रहेको धौलागिरीको प्रतिशेयर आम्दानी ११.४३ रुपैयाँ घनात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १००.६४ रुपैयाँ रहेको छ ।