आ. व. २०८१/२०८२ काे तेस्राे त्रैमासिक समिक्षा तथा आ. व. २०८२/२०८३ काे निति कार्यक्रम, बजेट लक्ष्य तर्जुमा कार्यक्रम सम्पन्न

धौलागिरी लघुवित्र् वित्तीय संस्था लिमिटेड, बागलुङको आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०८२/८३ को लक्ष्य,बजेट तर्जुमा गोष्ठि बागलुङ नगरपालिको उपल्लाचौरमा रहेको होटल सितल एण्ड पार्टीप्यालेल मा २०८२ बैसाख २७ देखि २०८२ बैसाख २९ गते सम्म सम्पन्न भएको छ ।

संस्थाका का.मु.प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीको अध्यक्षता, संस्थाका सञ्चालक समितिका अध्यक्ष सिर्जना थापाको प्रमुख अतिथ्यता, विशिष्ट अतिथि संचालक जिवन आचार्य, संस्थाका स्वतंत्र संचालक रेशम सापकोटा, संस्थाको केन्द्रिय कार्यालयका विभागिय प्रमुखहरु, विभागिय सहायक र शाखा प्रवन्धकहरु वीच तेस्रो त्रैमासिकको प्रगतिको समिक्षा सम्पन्न भएको हो । मानव संशाधन विभाग प्रमुख लोकेन्द्र पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा योजना विभागका विभागीय प्रमुख इमान वटालाले तेस्रो त्रैमासिक शाखागत प्रगति समिक्षा प्रस्तुतीकरण गर्न सहजिकरण गर्नुभएको थियो ।

यस अवधि भित्रमा वित्तीय संस्थाले ४१ हजार ०२ जना विपन्न घरपरिवारमा सेवा पुया्उदै २ अर्व १५ करोड २७ लाख ८८ हजार कर्जा लगानि र ८३ करोड १३ लाख १३ हजार बचत संकलन गरि देश भरिमा २४ जिल्लामा ५८ वटा शाखा कार्यालयहरु मार्फत २०४ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै वित्तीय कारोवार गरेको छ ।