धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एकिकृत वित्तीय कारोवार शुभारम्भ तथा समुद्घाटन कार्यक्रम सम्पन्न

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एकिकृत वित्तीय कारोवार शुभारम्भ तथा समुद्घाटन कार्यक्रम धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बा.न.पा. ४ उपल्लाचौर, बागलुङको सभाहलमा नेपाल राष्ट्र बैँक प्रादेशिक कार्यालय पोखराको निर्देशक आर्या जोशीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड तदर्थ समितीको अध्यक्ष ईश्वरलाल राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संचालक सदस्य सिर्जना थापाको स्वागत मन्तव्य राख्नुभएको हो । निवर्तमान प्रमुख कार्यकारी अधिकृत मिन बहाुदुर बोहरा, प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम ले संस्थाका हालसम्मको प्रगती विवरण प्रस्तुत गदै शुभकामना मन्तव्य राख्नुभयो ।


मर्जर समितीको संयोजक हरिप्रसाद शर्माले दुबै संस्थालाई मर्जर तथा प्राप्ती कार्य सम्पन्न गर्न सहयोग पुयाउनुहुने अध्यक्ष, संचालक, शेयर सदस्यहरु कर्मचारीहरुलाई विशेष धन्यवाद दिई कार्यक्रमको सफलताको शुभकामना दिनुभयो । त्यस्तै खप्तड लघवित्त वित्तीय संस्थाका सर्वसाधरण संचालक सम्झना महर्जन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका पुर्व संचालक डा.सुदर्शन शिलवालले सबै धौलागिरी लघुवित्त वित्तीय संस्थाले नेपालको सबै पालिकाहरुमा वित्तीय पँहुच पुयाउनुपर्ने, एकिकृत वित्तीय कारोवार पछिको तदर्थ समिती संचालक सदस्यहरुलाई आगामी दिनको सफल कार्यकालको शुभकामना दिनुभएको थियो । त्यस्तै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको निवर्तमान सुमन प्रसाद श्रेष्ठले नेपाल राष्ट्र बैकको निति निर्देशनमा रहेर अबको तदर्थ समितिले कामकारबाही गर्नुपर्ने भनाइ राख्नु भएको थियो ।


नेपाल राष्ट्र बैँक प्रादेशिक कार्यलयका निर्देशक आर्या जोशीले नेपाल राष्ट्र बैँकले मर्जरको निति सस्थाहरु कम भयो भने संस्थाहरुलाई नियमन गर्न सजिलो हुने, र वित्तीय सन्तुलन कायम राख्न सहज हुने, देशको गरिवी घटाउन लघुवित्त वित्तीय संस्थाको योगदान रहेको, लघुवित्तहरुको अस्वस्थ प्रतिस्पर्धा कम गर्न नियमन निकायले एक सदस्य एक लघुवित्त वित्तीय संस्थाको निति लिएको, संस्थाहरु मर्जर भइसकेपछि चुनौति तथा अवसरहरु दुबै रहने, सबै भन्दा ठुलो चुनौती कर्मचारी व्यवस्थापनमा हुने, संस्थागत सुशासन भनेको संस्थाको मेरुदण्ड रहेन बताउनुभयाे । साथै संस्थाले सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण कोषको यथोचित प्रयोग गर्न निर्देशन दिनुभयो ।


कार्यक्रममा संस्थाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत, निवर्तमान अध्यक्ष, निवर्तमान संचालक सदस्यहरुलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो ।
एकिकृत वित्तीय कारोवार शुभारम्भ तथा समुद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव दुर्गा बहादुर थापाले गर्नुभयो । संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले मर्जर सम्पन्न गर्न सहयोग मर्जर समिति सञ्चालक, शेयर सदस्य कर्मचारी वर्गहरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभयो


धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबाट एकिकृत कारोवारपछि उक्त सस्थाको कुल पुजी १३ करोड ३१ लाख पुगेको छ । जम्मा सक्रिय सदस्य ३८,४८३ जम्मा ऋणी सदस्य १७, २८४ जना जम्मा बचत करिव ६९ करोड ७ लाख, लगानीमा रहिरहेको रकम १ अर्व ७० करोड पुगेको छ ।