धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

वाग्लुङ, फागुन ३ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, संचालक रेशमलाल सापकोटा, पुर्वसंचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

यसैबीच, संस्थाले यही फागुन १० गते वार्षिक साधारण सभा गर्ने तयारी गरेको जानकारी गराइएको छ ।