धौलागिरी लघुवित्तको IPO निष्कासन साउन २४ देखि

बागलुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक शेयर साउन २४ गते देखि निश्कासन हुने भएको छ ।

वित्तीय संस्थाको शेयर निष्कासन कार्यका लागि बिक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ । हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ ।

हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ रु. २५७ रुपौँया हुन आउँछ ।

कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोडभन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागि ४० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउँछ ।

हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आइरहेको छ । जसबाट करिब ३६,००० ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ ।

आ.ब. २०७८-०७९ को चाैथाे अपरिस्कृत वित्तीय विवरण अनुसार संस्थाको प्रतिशेयर आम्दानी ३७.२५ रहेको छ ।