धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आ. व. २०७९।२०८० काे वार्षिक समिक्षाा गाेष्ठी तथा कर्मचारी अभिमुखीकरण तालिम अमलटारी मध्यवर्ति सामुदायिक हाेमस्टे नवलपुरमा सुरु भएकाे छ ।
मिति २०८० श्रावण ३० देखी ३२ गते सम्म चल्ने उक्त गाेष्ठिमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमकाे अध्यक्षता संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारी प्रमुख अतिथि, तथा सञ्चालक सदस्यहरु सुमन प्रसाद श्रेष्ठ तथा रणदेव कृष्ण श्रेष्ठ काे विशेष आथित्यतामा उक्त कार्यक्रम सुरु भएकाे हाे ।
धाैलागिरी लघवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एकिकृत काराेवार पछि दुबै सस्थाका कर्मचारीहरु बीच एक आपसमा परिचयात्मक कार्यक्रम भएकाे थियाे । उपस्थित प्रमुख अतिथी विशेष अतिथीहरुलाई अनुगमन क्लस्टर १ का अनुगमन अधिकृत प्रकाश बहादुर बाेगटीले स्वागत मन्तव्य राख्नु भएकाे थियाे । कार्यालय सञ्चालन प्रमुख मिन राज जाेशीले कार्यक्रमकाे उद्देश्य तथा महत्व माथी प्रकाश पार्नुभयाे । सञ्चालक सदस्यहरु रणदेव कृष्ण श्रेष्ठ तथा सुमन प्रसाद श्रेष्ठ तथा अध्यक्ष ईश्वरलाल राजभण्डारीले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।
५५ वटा शाखा प्रमुखहरुकाे उपस्थितीमा भएकाे साे कार्यक्रममा संस्थाका संञ्चालक सदस्य समुन प्रसाद श्रेष्ठले कर्मचारीहरुलाई उत्प्रेरणा तालिम दिनु भएकाे थियाे । तीन दिन सम्म चल्ने साे गाेष्ठीमा शाखा प्रबन्धकहरुले आ.व. २०७९।२०८० मा लिइएकाे लक्ष्य र उपलब्धीहरुकाे प्रस्तुतीकरण रहनेछ । साथै अन्तिम दिन विभागीय प्रमुखहरुले आ आफ्नाे विभागसँग सम्बन्धीत विषयमा प्रस्तुतीकरण रहनेछ ।
मिति २०८० आषाढ २० गतेबाट एकिकृत काराेवार सुरु भएकाे धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पुँजी १३ कराेड ३१ लाख पुगेकाे छ ।