You are currently viewing धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चाैथाे वार्षिक साधारण सभा सम्पन्न

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चाैथाे वार्षिक साधारण सभा सम्पन्न

धौलागिरी लघुवित्त वित्तीय संस्था लि. को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस संस्थाका संचालक समितिका अध्यक्ष श्री ईश्वरलाल राजभण्डारीको अध्यक्षतामा बागलुङ जिल्लाको बागलुङ न.पा. ०४, उपल्लाचौरमा अवस्थित धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभााहलमा शनिवार उक्त वार्षिक साधारण सभा सम्पन्न भएको होे । २०८० बैसाख १६ गते बिहान ११ बजेबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका वित्त तथा योजना विभाग प्रमुख तथा कम्पनी सचिव दुर्गा बहादुर थापाले गरेका थिए ।


वार्षिक साधाराण सभाको औपचारिक उद्घाटन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले साधारण सभा सम्पन्नताको शुभकामना दिँदै वर्तमान अवस्थामा वित्तीय संस्था पतिको भाम्रक समुह तथा समाचारहरुले पारेको नकारात्मक असर, आर्थिक संकुचनको समस्याका बारेमा बोल्दै त्यस्ता चुनौतीहरुलाई समाधान गर्न दिर्घकालिन रणनितिहरु निर्माण गर्नुपर्ने कुरामा जोड दिएका थिए । उत्त वार्षिक साधारण सभामा सचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिबेदन सहित आ.व.२०७८÷२०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित भएको थियो ।


कार्यक्रममा यस संस्थाका सञ्चालक समितिका सदस्य सिर्जना थापाले उपस्थित सम्म्पुर्ण शेयरधनीज्यूहरुलाई स्वागत मन्तव्य राख्दै स्वागत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले वर्तमान अवस्थामा संस्थाको छोटो वित्तीय अवस्थाको बारेमा जानकारी गराउनुभयो । साथै संस्थाले हालसालै वर्तमान समयमा देखिएको चुनौतिहरुले केहि असहज वातावरण सिर्जना भएता पनि आगामी दिनहरुमा संस्थाको व्यवस्थापन समुह तथा उद्यमशीलता विकास, सिपमुलक तालिम जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै संस्थाको कार्यक्रमलाई अझ बलियो वनाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा अतिथिको रुपमा पाल्नु भएका सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ, संस्थाका पूर्व बाह्य लेखापरिक्षक सुनिल देवकोटा, साथै लेखापरिक्षक दिपेश खतिवडा, पुर्व संचालक कृष्णराज शर्मा, संस्थाका संचालक समितिका सदस्य उत्तम कुमार राजभण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो।


कार्यक्रमको समापनमा बोल्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष ईश्वरलाल राजभण्डारीले आगामी दिनमा संस्थालाई प्रविधि मैत्री बनाई लैजाने, बर्तमान अवस्थामा देखिएको समस्याको समाधानका निमित्त सम्पुर्ण सरोकारवाला निकाय, सेयरधनी, व्यवस्थापन तथा कर्मचारीहरुलाई आ–आफ्नो स्थानमा जिम्मेवार बन्न अनुरोध गर्दै चौथो वार्षिक साधारणसभा सभ्य तथा भव्यताका साथ सफल भएकोमा सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।