धाैलागिरी लघुवित्तमा राेजगारीकाे अवसर

नेपाल राष्ट्र बैक बाट घ वर्गकाे इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरकाे वित्तीय सस्था धाैलागिरी लघुवित्त वित्तीय संस्थाले कर्मचारी आवश्यकता सम्बन्धी सुचना प्रकाशित गरेकाे छ । मिति २०७८ चैत्र १९ गतेकाे ढाेरपाटन राष्ट्रिय दैनिक प्रत्रिकामा १५ दिने प्रकाशित बिज्ञापनमा साहयक पद तथा कनिष्ट साहायक प्रशिक्षार्थी दुइ पदमा online मार्फत https://dhaualgiribank.com/carrer मा दरखास्त आवह्ान गरेकाे हाे । १८ वर्ष देखि ३५ वर्ष उमेर पुगेकाे इच्छुक नेपाली नागरिकबाट सस्थाकाे ताेकिएका जिल्लाहरु गुल्मी, अँर्घाखाची, बागलुङ, पर्वत, म्याग्दी, बारा, पर्सा, राैतहट, कपिलबस्तु, रुपन्देही, दाङ, कास्की जिल्ला लगाएतका अन्य शाखा कार्यलयहरुका लागी कर्मचारी माग गरिएकाे जानकारी मानव संसाधन विभाग प्रमुख लाेकेन्द्र पाैडेलले जानकारी दिनुभयाे । उल्लिखित पदकाे लागी आवश्यक न्यनतम याेग्यता सहायक पदकाे लागी प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरि लघुवित्त वित्तीय सस्थामा १ वर्षकाे कार्यअनुभव वा एस. एल. सी. वा एस. इ. इ. उत्तिर्ण गरी लघवित्त वित्तीय सस्थामा ३ वर्ष कार्यअनुभव भएकाे साथै कम्युटर सम्बन्धी अनुभव भएकाे ताेकिएकाे छ भने कनिष्ट सहायक प्रशिक्षार्थीकाे लागि एस. एल. सी. वा एस. इ. इ. उत्तिर्ण गरी कम्युटर सम्बन्धी अनुभव भएकाे ताेकिएकाे छ । IPO निश्कासनकाे अन्तिम चरणमा रहेकाे धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल करिब ३५ हजार सदस्यहरुलाइ यस सस्था आवद्ध गरि करिव ६४ कराेड ५० लाख बचत सङकलन गरि करिव १ अर्व ४३ कराेड लगानी गरेकाे छ ।