दरवाङ शाखाद्धारा सदस्य मृत्युमा राहात वितरण

२०७८/०४/३१ गते
म्याग्दी दरबाङ्ग ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय दरबाङ्गले मिति २०७८/०४/३० गतेका दिन म्याग्दी जिल्लाको मंगला १ कुहँुको वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यस संस्थाको मंगाला गा.पा. वडा नं. १ रात्माटा केन्द्र नं. ०४२ की सदस्य बुद्धिमाया जैसीको परिवालाई राहत उपलब्ध गराएको थियो । उक्त कार्यक्रमको सभापतिमा मृतक सदस्यका श्रीमान श्यामलाल जैसि, र प्रमुख अतिथिमा मंगला गा.पा. वडा नं. १ का वडाध्यक्ष श्री डेग बहादुर राम्जाली हुनहुन्थ्यो भने कार्यक्रमको संचालन संस्थाका शाखा प्रबन्धक टंक प्रसाद ढकालले गर्नु भएको थियो साथै कार्यक्रममा मंगला गा.पा. का अन्य केन्द्रका महिला दिदिबहिनीहरुको पनि सक्रिय सहभागीता रहेको थियो ।
उक्त कार्यक्रममा दरबाङ्ग शाखा प्रमुख टंक प्रसाद ढकालले धौलागिरी लघुवित्तको बारेमा र संस्थाले गर्ने बचत तथा ऋण कारोबार र दिने सेवा सुविधाका बारेमा प्रष्ट पार्नुभएको थियो भने सहभागीहरुको तर्फबाट केन्द्र नं. ७४ की केन्द्र प्रमुख याम कुमारी शेरपुञ्जा घर्ती मगरले आफ्ना कुराहरु राख्दै संस्थाले गाँउ गाँउ सम्म पुगेर विना धितो सरल सहज तरिका बाट महिलाहरुलाई ऋण प्रबाह गरी महिलाहरुलाई व्यवसाय मुखि बनाउन अभिप्रेरित गरेको र कुनै कारण बस ऋणीको मृत्यु भएमा परिबारमा ऋणको भार नपर्ने उल्टै पैसा थपेर दिने हुनाले संस्थाले अझ धेरै समुदायमा पुगी सेवा दिनुपर्ने बताउनुभएको थियो । त्यस्तै मृतक सदस्यका छोरा रेशमलाल शर्माले संस्थाले ऋण दिएर सदस्यले के मा लगानी गरेको छ सोको अनुगमन गर्नुपर्ने र सही सदुपयोग गरी आयस्तर बृद्धि गर्न भुमिका खेल्नुपर्ने सुझाब दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीहरुले मृतक सदस्यको तस्विरमा माल्यअर्पण गरी मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्द परिबार प्रति धैर्यधारण गर्ने क्षमता प्राप्त होस भन्दै मृतक सदस्यको परिबारले पाउने राहत सुविधा रु. ४४००००अक्षेरुपी चार लाख चालिस हजार बराबरको चेक मृतक सदस्यका श्रीमान श्यामलाल जैसीलाई कार्यक्रमका प्र्रमुख तथा वडा अध्यक्ष र शाखा प्रमुखबाट संयुक्त हस्तान्तरण गर्दै वडाध्यक्षले संस्थाले गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै आगामी दिनहरुमा संस्थाले सदस्यहरुको आयस्रोत हेरि लगानी गर्नुपर्ने, गरेको लगानीको सदुपयोग भएनभएको अनुगमन गर्नुपर्ने र अहिलेको माहामारी रुपमा फैलिएको कोरोना रोकथामका लागि स्थानिय स्तरमा कार्य गर्दा स्थानिय निकायसंग समन्वय गरी कार्य गर्नु पर्ने सुझाव दिनुभएको थियो भने सदस्यहरुलाई आफुले सकेसम्म बढि बचत गर्ने र कम ऋण चलाउने तथा चलाएको ऋणलाई आम्दानी हुने काममा खर्च गरी आफ्नो आयस्तर बढाउदै सबल र सक्षम उद्यमी बन्न सल्लाह दिनुभएको थियो । कार्यक्रम संस्थाको फिल्ड सहायक तुलसी खत्रीको सहयोगमा संचालनी मृतक सदस्यका श्रीमान तथा यस कार्यक्रमका सभापति श्यामलाल जैसी संस्थालाई धन्यबाद दिदै समापन गर्नु भएको थियो ।