You are currently viewing कटहरिया शाखा द्धारा काेराेना काेषमा सहयाेग

कटहरिया शाखा द्धारा काेराेना काेषमा सहयाेग

धौलागिरी लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय कटहरिया रौतहटले कटहरिया नपाको विपद व्यवस्थापन राहत कोषको लागि आर्थिक सहयोग गरेको हो ।

विश्वव्यापी माहामारी रूपमा फैलिरहेको कोरेना भाईरस (कोभीड १९) विपद व्यवस्थापनको लागि सहयोग स्वरुप आर्थिक सहयोग गरिएको धौलागिरी लघुवित वितिय संस्था लिमिटेड शाखा कार्यालय कटहरिया प्रबन्धक विवेक तिवारीले बताउनु भएको हो ।

कटहरिया नपाको प्रांगनमा धौलागिरी लघुवित वितिय संस्थाका ब्रान्च मैनेजर तिवारीले ले कटहरिया नगरप्रमुख सियाराम कुशवाहा लाइ १० हजार रुपैया बराबरको चेक हस्तान्तरण गर्नु भएको थियो । कटहरिया नपामा रहेको बैंक तथा फाइनान्स मध्येहरु बाट दोस्रो चोटी धौलागिरी लघुवित वितिय संस्था कटहरिया नपा लाइ कवारेनटाइनमा सहयोग गरेको हो ।

यस अघि रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साह,आरडिसि नेपाल रौतहट र तेस्रो पटक मेरो माइक्रोले फाइनान्स र आज चौथो पटक धौलागिरी लघुवित वितिय संस्थाले सहयोग गरेको मेयर सियाराम कुशवाहाले जानकारी गराउनु भएको हो ।

यस विषम परिस्थितीमा अन्य निकायहरु बाट सहयोग नभइरहेको अवस्थामा धौलागिरी लघुवित वितिय संस्थाले नपा लाइ सहयोग गरेकोमा नगर प्रमुख कुशवाहाले धन्यवाद व्यत गर्नु भएको थियो । अन्य बैंक तथा फाइनेन्सहरुको लागि बितिय संस्थाले सहयोग गरि अन्यहरु लाइ उतप्रेरणा स्वरुप एउटा ठुलो उदाहरणिय काम गरेको हो ।

यस अवसरमा कटहरिया नगर प्रमुख कुशवाहा संगै धौलागिरी लघुवित वितिय संस्था का कर्मचारी इन्द्रजित कुशवाहा,संजय मुखिया,कटहरिया नपा वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ता ,कटहरिया एफएम का समाचार सम्पादक संजय मिश्रा,महेश यादव सहितका व्यतीहरुको रोहबरमा चेक हस्तान्तरण गरिएको थियो ।

धौलागिरी लघुवित वितिय संस्थाका शाखा प्रबन्धकले अगामी दिनमा पनि कटहरिया नपा लाइ विपद व्यवस्थापनको सहयोग गर्ने आशवासन दिनु भएको नपाका सुचना अधिकारी हरिन्द्र राय यादवले बताउनु भएको हो ।