धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, बागलुङको आर्थिक वर्ष २०८१।२०८२ को प्रथम त्रैमासिक प्रगति समिक्षा तथा शाखा व्यवस्थापन तालिम, लेकसाईड, पोखरामा २०८१ कार्तिक २९ देखि मंसिर ०१ गते सम्म सम्पन्न भएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमको अध्यक्षता, संस्थाका सर्वसाधारण तर्फका सञ्चालक चेत नारायण सापकोटाको प्रमुख अतिथ्यता, संस्थाको केन्द्रिय कार्यालयका नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु, विभागिय सहायक र शाखा प्रवन्धकहरु वीच पहिलो त्रैमासिकको प्रगतिको समिक्षा सम्पन्न भएको हो । मानव संशाधन विभाग प्रमुख लोकेन्द्र पौडेलले सञ्चालन गरेका उक्त कार्यक्रममा योजना विभागीय प्रमुख इमान वटालाबाट प्रथम त्रैमासिक शाखागत प्रगति समिक्षा प्रस्तुतीकरण गर्न सहजिकरण गर्नुभएको थियो । नेपालका उत्कृष्ट Motivational Speaker Raman Bhattarai ले शाखा प्रवन्धकहरूलाइ करिब ३ घण्टा मनाेरन्जनात्मक तरिकाबाट उत्प्रेरणा जगाउनु भएकाे थियाे ।
पहिलो त्रैमासिक सम्मको रिपोर्ट अनुसार जम्मा सदस्य ४०,०८८ आवद्ध यस वित्तीय संस्थाले १५६१६ ऋणी सदस्यहरुलाई २ अर्व २४ करोड ९१ लाख तिस हजार आठ सय एक्काइस लगानी सहित ७८ करोड ६३ लाख ७९ हजार तिन सय एकासी बचत कारोवार गरेको छ । यस वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको इजाजत प्राप्त गरी २४ जिल्लाको ५८ वटा शाखा कार्यालयहरुबाट २०३ जनालाई कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै वित्तीय कारोवार गरेको छ ।