You are currently viewing तेस्राे वार्षिक साधारण सभा सम्पन्न

तेस्राे वार्षिक साधारण सभा सम्पन्न

धाैलागिरी लघुवित्त वित्तीय संस्थाकाे तेस्राे वार्षिक साधारण सभा मिति २०७८ पाैष १० गते बागलुङ नगरपालिका ४ उपल्लाचाैर धाैलागिरी सामुदायिक श्राेत विकास केन्द्रकाे सभाहलमा सम्पन्न भएकाे छ । विहान १० बजेबाट Virtual माध्यम Zoom Link Open भइ ११ बजे बाट सुरु भएकाे तेस्राे साधारण सभा करिव ३ बजे समापन भएकाे थियाे । धाैलागिरी लघुवित्त वित्तीय सस्थाकाे ४१ जना सस्थापक शेयर सदस्यहरु मध्ये ९० प्रतिशत उपस्थितीमा सम्पन्न भएकाे तेस्राे बार्षिक साधारण सभामा ५ जना स‌स्थापक शेयर सदस्य Virtual माध्यम zoom बाट सहभागिता जनाउनु भएकाे थियाे । संस्थाका कम्पनी सचिव श्री निर्मल गाैतमले सञ्चालन गरेकाे तेस्राे वार्षिक साधारण सभामा सभाध्यक्षकाे  भुमिका संस्थाका अध्यक्ष श्री इश्वारलाल राजभण्डारी स्वागत मन्तव्य सञ्चालक श्री सिर्जना थापाले गर्नुभएकाे थियाे । संस्थाकाे वर्तमान अवस्थाकाे बारेमा  प्रमुख कार्यकारी अधिकृत श्री मिन बहादुर बाेहराले जानकारी दिनुभएकाे थियाे । त्यसैगरि CA. सुनिल देवकाेटा, पुर्व सञ्चालक श्री कृष्णराज शर्मा, सञ्चालक डा. सुदर्शन शिलवालले तेस्राे वार्षिक साधारण सभाकाे सफलताकाे शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

तेस्राे वार्षिक साधारण सभा सञ्चालक समितिकाे तर्फबाट संस्थाका अध्यक्ष श्री इश्वरलाल राजभण्डारीले आ व २०७७।२०७८ काे वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । अध्यक्षकाे प्रतिवेदन माथी शेयरधनि क्रमश: भिमसेन पन्त, दिपकजङ्ग राजभण्डारी, जिवन आचार्य, Virtual माध्यमबाट रामप्रसाद सापकाेटा, ग‌ंगप्रसाद आचार्य, गाेपिकृष्ण सेढाइले अध्यक्षकाे प्रतिवेदनमाथी आआफ्नाे धारणा र जिज्ञासा राख्नु भएकाे थियाे । उक्त साधारण सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, आर्थिक बर्ष २०७७÷०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तीय बिबरणहरु (अनुसुचीहरु समेत) छलफल गरी पारित गरेकाे छ । त्यस्तैगरि आर्थिक बर्ष २०७८।०७९ को लेखापरिक्षण कार्यको लागि खतिवडा दिपेश एण्ड एसोसियट्स चार्टड एकाउन्टटेन्स्, दिपेश खतिवडा लाइ नियुक्ती गरेकाे छ ।

तेस्राे वार्षिक साधारण सभामा आ व २०७७।२०७८ मा उत्कृष्ट नतिजा ल्याउने क्रमश प्रथम, दाेस्राे, तेस्राे भिमफेडी शाखा, नाैँडाडा शाखा, र लेखनाथ शाखालाइ पुरस्कृत गरिएकाे थियाे । त्यस्तै पुर्व बाह्य लेखा परिक्षक CA. सुनिल देवकाेटालाइ सम्मान गरिएकाे थियाे । हाल ७ कराेड चुक्ता पुँजी  भएकाे धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे जारी पुँजि १० कराेड रहेकाे छ । ३ कराेडकाे सर्वधारण शेयर (IPO) जारी गरेपछि चुक्ता पुजी १० कराेड पुग्नेछ । नेपाल राष्ट बैकबाट घ वर्गकाे इजाजत पत्र प्राप्त राष्टिय स्तरकाे यस धाैलागिरी लघुवित्त वित्तीय संस्थाले ४४ वटा शाखा कार्यलय स्थापना गरि करिव २०० जना कर्मचारीहरुलाइ राेजगारी दिइ करिव ३४ हजार सदस्यहरु मार्फत करिव १ अर्व ४२ कराेड ५० लाख कर्जा प्रवाह गरि करिव ६० कराेड ५७ लाख रुपियाँ बचत संकलन गरेकाे छ । आ व २०७८।२०७९ काे प्रथम त्रैमासिकमा वार्षिकी ५५।८५ प्रतिशेयर आम्दानी रहेकाे छ भने खराब कर्जा प्रतिशत २।८७ रहेकाे छ ।